Añadir traducción en paralelo Imprimir Opciones de la página

इस्राएलबाट राम्रो समय लिइनेछ

हाय! तिमीहरू आफैंलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरू,
    अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरू।
तिमी “महत्वपूर्ण मानिस” जसकहाँ “इस्रएलका राजपरिवार”
    सल्लाहको लागि जान्छन्, तिमीहरूका निम्ति अनिष्ठ हुनेछ।
कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर,
    के इस्राएल यी शहरहरू भन्दा राम्रोछ? अँहँ, छैन।
के यी शहरहरूका सिमाना,
    इस्राएलका सिमाना भन्दा ठूलाछन्? अँहँ, छैन।
हाय! तिमीहरू आफैंलाई हेर, तिमीहरू जसले खराब दिन जम्मा गर्छौ
    अनि हिंसाको दिन नजिक ल्याउँछन्।
हाय! हेर तिमीहरू आफैंलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ
    अनि सोफामा आफैं तन्कन्छौ।
यिनीहरू नै हुन् जो बथानवाट थुमाहरू खान्छन्
    र गाईको बथानबाट बाछो खान्छन्।
तिमीहरू गरीबका दयनीय अवस्थाको वास्ता गर्दैनौ।
    तिमीहरू अल्छिगरि वीणा बजाउँछौ,
तिमीहरू दाऊद जस्तै आफ्नै निम्ति वाद्यहरूको आकार बनाउँछौ[a]
    जसमा आफ्ना गीतहरू बजाउँछौ।
तिमीहरू सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ।
    तिमीहरू उच्चस्तरीय तेलले आफू मालिस गर्छौ।
अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि
    यूसुफ को परिवार नष्ट गरिंदैछ भन्ने।

यसकारण तिनीहरू निस्कासित हुनेछन्। हो, तिनीहरू बन्द बनाई लगिनेहरूमा प्रथम हुनेछन्। तिनीहरू मर्नेमा पहिलो हुनेछन्। तिनीहरूका भोजहरू र मोजमज्जाको अन्तहुनेछन्। परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो,

“म यो कुरालाई घृणा गर्छु, जसमा याकूबले घमण्ड गर्छ।
    म उसको अट्टालिकाहरूलाई घृणा गर्छु।
यसकारण शत्रुलाई शहर र यसमा भएको,
    प्रत्तेक कुरा लिन दिनेछु।”

त्यहाँ केही इस्राएलीहरू मात्र जीवित छोडिन्छ

यस्तो हुनेछ यदि दशजना मानिसहरू घरभित्र छन् भने, तिनीहरू सबै मर्नेछन्। 10 जब उनका मानिसहरू उसको लास जलाउन लिन आउँछन्, तिनीहरूले उसको हड्डी बाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुक्नेलाई सोध्छ, “तिमीसित अन्य लासहरू छन्?”

तिनीहरूले जवाफ दिनेछन्, “छैन, …।”

त्यस समय त्यस आफन्तले भन्नेछन्, “चुप लाग्, यहाँ हामीले परमप्रभुको नाउँ लिनु हुँदैन।”

11 हेर, परमप्रभु परमेश्वरले आज्ञा दिनुहुन्छ कि
    बिशाल महल टुक्रा-टुक्रा पारिनुपर्छ।
    र सानो घरहरू अझ सानो-सानो टुक्रा पारेर भत्काउनु पर्छ।
12 के घोडाहरू चट्टानमाथि दर्गुछ? अँहँ, छैन।
    के कुनै मानिसले समुद्रमाथि गोरू जोत्छ? अँहँ छैन।
तर पनि तिमीहरूले प्रत्येक चिज उल्टा पुल्टा गरिदिन्छौ।
    तिमीले त राम्रो अनि न्यायलाई विषमा परिणत गरिदिन्छौ,
    र धर्मलाई तितेपाती जस्तै तितो बनाई दिन्छौ।
13 तिमीहरू लो-देबारको पराजयमा खुशी हुन्छौ।
    तिमी भन्छौ, “हामीले कर्मेललाई आफ्नो शक्तिले जितेका हौं।”

14 “इस्राएल हेर! म तिम्रो बिरोधमा एउटा राज्य खडा़ गर्नेछु। अनि तिनीहरूले तिमीहरूलाई हमातको प्रवेशद्वारदेखि अराबको खोलो सम्म अत्यचार गर्नेछन्।” सर्वशक्तिमान परमप्रभु परमेश्वरले यो कुरा भन्नुभएको हो।

Notas al pie

  1. 6:5 आकार बनाउँछौ अथवा “अस्वीकार” गर्दछौ। हिब्रू शब्दमा यसको अर्थ “सोच्नु, स्वरदिनु” वा “बनाउनु” भन्ने अर्थ लाग्छ।