Add parallel Print Page Options

परमप्रभुको प्रशंसा गर!

म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्)
    आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।
    मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।
परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।
    उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।
परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने
    कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।
परमेश्वरले आफ्ना अनुवाईहरूलाई भोजन दिनुहुन्छ,
    उहाँले आफ्नो करार सदा-सर्वदा सम्झनु हुन्छ।
उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि
    उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।
प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।
    उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।
परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।
    ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर ईमान्दार र शुद्ध हुनुहुन्छ।
परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।
    परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।
10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।
    मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्।
    स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।