
सपन्याह 3 Nepali Bible: Easy-to-Read Version (ERV-NE)यरूसलेमको भबिष्य3 यरूशलेम तिम्रा मानिसहरू मेरो बिरूद्धमा लडेका छन्। तिम्रा मानिसहरूले अरू मानिसहरूलाई चोट पुर्याएकाछन् अनि तिमी पापले कलंकित छौ। 2 तिम्रो मानिसहरूले मेरो वचनहरू सुनेनन्। तिनीहरूले मेरो शिक्षाहरू स्वीकार गरेनन्। यरूशलेमले परमप्रभुमा भरोसा गरेन। यरूशलेम उसको परमप्रभुको नजिक आएन। 3 यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेंडा़हरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन। 4 त्यसका अगमवक्ताहरूले धेरै प्राप्त गर्न सधैँ गुप्त योजना बनाउँछन्। त्यसका पूजाहारीहरूले पवित्र चिजहरू अशुद्ध बनाउँछन्। तिनीहरूले परमेश्वरको शिक्षि विपरित गर्छन्। 5 तर परमेश्वर अझै तिनीहरूको शहरमा हुनुहुन्छ अनि तिनीहरूलाई न्याय गर्नुहुन्छ। परमेश्वरले केही पनि नराम्रो गर्नुहुन्न। उहाँले सधैँ उहाँका मानिसहरूको भलाई गर्नुहुन्छ। प्रत्तेक बिहान परमेश्वरले उहाँका मानिसहरूलाई असल निर्णय लिन सहायता गर्नुहुन्छ। तर दुष्ट मानिसहरू तिनीहरूले गरेको गल्तीको निम्ति लज्जित हुनुपर्छ भन्ने पनि जान्दैनन्। 6 परमेश्वर भन्नुहुन्छ, “मैले जातिहरूलाई ध्वंश गरेको छु। मैले तिनीहरूको रक्षा धरहरा नष्ट गरिदिएको छु। मैले तिनीहरूको बाटोहरू नष्ट गरिदिएकोछु अनि अहिले त्यहाँ कोही पनि जाँदैनन्। तिनीहरूका शहरहरू उजाड छन्, त्यहाँ कोही पनि बस्दैनन्। 7 मैले तिमीहरूलाई यो यसकारण भनि रहेछु कि तिमीहरूले यसबाट शिक्षा लेऊ। म चाहन्छु तिमीहरू मसँग डराऊ अनि मेरो इज्जत गर। यदि तिमीले यस्तो गर्यौ भने तिमीहरूको घर नष्ट हुनेछैन। यदि तिमीहरूले यसो गर्यो भने मैले बनाएको योजना अनुसार तिमीहरूलाई दण्ड दिइने छैन।” ती अपराधी मानिसहरूले अझै अपराध मात्र गर्न चाहन्छन् जुन तिनीहरूले पहिला देखि नै गर्दै आएका थिए। 8 परमप्रभु भन्नुहुन्छ, “यसकारण म उठुन्जेल अनि तिम्रो न्याय गरून्जेल पर्ख। धेरै जातिका मानिसहरू ल्याउँने अनि तिमीलाई दण्ड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्ने मेरो निर्णय हो। तिमीहरूको बिरूद्ध मेरो क्रोध देखाउँन म तिनीहरूलाई प्रयोग गर्नेछु। म कति रिसाएको छु त्यो देखाउँनु र समस्त देश नष्ट गराउँनु म तिनीहरूलाई प्रयोग गर्नेछु। 9 त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पस्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्। 10 मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्। 11 “यरूशलेम, तिम्रा मानिसहरूले मेरो बिरूद्धमा गरेका दुष्ट कुराहरूको लागि अब लाज मान्नु पर्नेछैन। किनकि म ती सबै नराम्रा काम गर्नेहरूलाई यरूशलेमबाट बाहिर ल्यउँनेछु। म ती सबै घमण्डीहरूलाई टाढा पठाउँनेछु। त्यहाँ कोही पनि घमण्डी मानिसहरू मेरो पवित्र पहाडमा हुनेछैनन्। 12 म शान्त अनि नम्र मानिसहरूलाई यरूशलेममा बस्न दिनेछु, अनि तिनीहरूले परमप्रभुको नाउँमा भरोसा राख्नेछन्। 13 इस्राएलमा बाँचेकाहरूले नराम्रो काम गर्नेछैनन्, तिनीहरूले झूटो बोल्ने छैनन्। तिनीहरूलो झूटो बोलेर मानिसहरूलाई ठग्ने छैनन्। तिनीहरू त्यो भेंडा़ जस्तै हुनेछन् जुन खाए पछि शान्तसँग सुतिबस्छ, कसैले पनि तिनीहरूलाई सताउँने छैन।” एउटा खुशीको गीत14 हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ।
Nepali Bible: Easy-to-Read Version (ERV-NE) © 2004, 2010 Bible League International |