Add parallel Print Page Options

14 “तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घट्ना एउटा यस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तो नहुनु पर्नेथ्यो।” (मानिस जसले पढ्छ यसको अर्थ के हुन्छ बुझ्नुपर्छ।) “त्यसबेला यहुदियाका मानिसहरू पहाड़हरूतिर भाग्नु पर्छ। 15 मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुदैन। 16 यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन।

17 “हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराम्रो हुनेछ। 18 यस्तो घट्ना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर। 19 किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलेसम्म भएको छैन। अनि यस्तो महा-संकष्टहरू फेरि घट्ने छैन।

Read full chapter