Add parallel Print Page Options

येशूले बीऊ र बीऊ छर्नेको बिषयमा उखान भन्नुहुन्छ

(मर्कूस 4:1-9; लूका 8:4-8)

13 ठीक त्यही दिन येशू बाहिर गएर झीलको छेउमा बस्नु भयो। उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढ्नु भयो। सबै मानिसहरू चाँहि किनारमा बसेका थिए। उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो:

“कोही किसान बीऊ छर्नलाई निस्क्यो। जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए। केही बीऊहरू नभएको कारणले बीऊहरू चाँडै उम्रनथाले चट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन। तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढ्दै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्। कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए। अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठ्ठी अनि कतिपयले तीस गुणा फल फलाए। ऊ जसले सुन्न सक्छ मेरो कुरा सुन।”

Read full chapter